दफा १६
बाँकी रकम भुक्तानी पाउने
(१) कुनै श्रमजीवी पत्रकारको सञ्चार प्रतिष्ठानको सेवाबाट अवकाश प्राप्त गरे पश्चात वा सो सेवामा छँदै मृत्यु भई यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम पाउने रकम सञ्चार प्रतिष्ठानबाट लिन बाँकी भएमा त्यस्तो रकम श्रमजीवी पत्रकार स्वयंले वा निजले इच्छाएको व्यक्तिले पाउनेछ ।
(२) उपदफा (१) बमोजिमको रकम लिन श्रमजीवी पत्रकारले कसैलाई पनि नइच्छाएकोमा त्यस्तो रकम निजको परिवारको सबैभन्दा नजीकको हकवालाले पाउनेछ ।
(२) उपदफा (१) बमोजिमको रकम लिन श्रमजीवी पत्रकारले कसैलाई पनि नइच्छाएकोमा त्यस्तो रकम निजको परिवारको सबैभन्दा नजीकको हकवालाले पाउनेछ ।